काठमाडाैं । नेपालीहरुको महान चाड बडा दसैंको अवसरमा आफ्ना ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने उद्देश्यका साथ सिटिजन्स बैंकले दराजसँग सम्झौता गरेको छ । सिटिजन्स बैंकका पदाधिकारी र दराजका प्रतिनिधिबीच बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा असोज १७ गतेबाट लागू हुने गरी सम्झौतामा हस्ताक्षर भएको हो ।
दराजका पेमेन्ट म्यानेजर जोनाम भुर्तेल र बैंकका प्रमुख मास बैंकिङ अफिसर रोशन मानन्धरले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा उल्लेख भएअनुसार सिटिजन्स बैंकको डेबिट कार्ड प्रयोग गरेर प्रि-पेमेन्ट गर्ने ग्राहकहरूले १५ प्रतिशतसम्मको र अधिकतम १५ सय रूपैयाँसम्म छुट पाउनेछन भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशतसम्मको र अधिकतम २ हजार रूपैयाँको छुट प्राप्त गर्नेछन् । यो अफरको लाभ लिन ग्राहकहरूले दराज एप वा वेबसाइटमार्फत सिटिजन्स बैंक भौचरहरू सङ्कलन गर्नुपर्नेछ जुन खरिद प्रक्रियामा आफैं लागू हुनेछ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १ सय ८८ वटा शाखा, १ सय ४८ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखाबाट सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्