काठमाडौं । केडिया अर्गनाइजेसनअन्तर्गत रहेको बृज सेफ्टी ग्लास उद्योग नेपालको सिसा प्रशोधन क्षेत्रमा उत्कृष्टताको पर्यायको रूपमा रहँदै आएको छ । सन् २०१९ मा स्थापित कम्पनीले गुणस्तर, शिल्पकौशल र अनुपम ग्राहक अनुभवका लागि कमाउँदै द्रुत रूपमा अगाडि बढ्दै आएको छ ।
बृज सेफ्टी ग्लास उद्योग आफ्ना उच्चस्तरीय उत्पादन र बेजोड सीपका साथ आज सिङ्गो क्षेत्रकै मानकको रूपमा उभिएको छ । विभिन्न आकार, मोटाइ तथा जीवन्त रङ्गहरूमा toughened glass, laminated glass, tinted glass, insulated glass र reflective glass जस्ता सिसा उपलब्ध गराउँदै कम्पनीले आवासीय, व्यावसायिक, संस्थागत तथा औद्योगिक परियोजनाहरूको संरचनागत तथा सजावट आवश्यकताहरू पूर्ति गर्दै आइरहेको छ।
वृज सेफ्टी ग्लास उद्योगको सफलताको केन्द्रमा भने यसको अत्याधुनिक प्रशोधन प्लान्ट नै रहेको कम्पनीको भनाइ छ । नेपालमै सबैभन्दा ठूलो दैनिक १२ हजार वर्गफिट सिसा उत्पादन गर्ने क्षमता कम्पनीको रहेको छ ।
कम्पनीका सबै उपकरणहरू यूरो मापदण्ड अनुसारका छन् छन् सीई प्रमाणित पनि छन् । यसले गर्दा बृज सेफ्टी ग्लासका हरेक उत्पादन अन्तर्राष्ट्रियस्तरको हुनेमा ढुक्क हुन सकिने कम्पनीको भनाइ छ ।
हालै बृज सेफ्टी ग्लासले आफ्नो पहिलेदेखि नै प्रख्यात र प्रभावशाली उद्योगमा ल्यामिनेशन प्लान्ट थपेको छ, जसले गर्दा यो अन्य कम्पनीभन्दा बढी र उच्च गुणस्तरको सेवा प्रदान गर्न र बजारको बढ्दो माग पूर्ति गर्न झन् सक्षम बनेका जनाएको छ ।
अध्यक्ष मनोज केडिया, निर्देशकहरू गौरव अग्रवाल, अजय गुप्ता र सतीश केडिया, र प्रबन्ध निर्देशक सत्यम केडियाको दूरदर्शी नेतृत्वमा वृज सेफ्टी ग्लास उद्योगले व्यापार सफलताका साथै राष्ट्रको विकासप्रतिको आफ्नो प्रतिबद्धतालाई पनि निरन्तरता दिइरहेको कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्