Shikhar Insurance
National Life

एभरेष्ट बैंकका ग्राहक तथा कर्मचारीलाई निरभाना फिजियोथेरापीमा २५ प्रतिशतसम्म छुट

सिंहदरबार संवाददाता
२०८० आश्विन १२, शुक्रबार १६:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरबीच बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई  २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बैंकका रिटेल तथा एसएमई प्रमुख विष्णुप्रसाद ज्ञवाली र वेलनेस सेन्टरका प्रबन्ध निर्देशक रजुल श्रेष्ठद्वारा हस्ताक्षरित सम्झौता लागू भए सँगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारिक सदस्यहरुले उक्त वेलनेस सेन्टरबाट प्रदान गरिने विभिन्न सेवामा १० प्रतिशतदेखि २५ प्रतिशतसम्मको विशेष छुट पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा वेलनेस सेन्टरका तर्फबाट सञ्चालन तथा बजार निर्देशक स्वर्णिम सुवालको समेत उपस्थिति रहेको थियो ।

बैंकमा हालसम्म करिब १३ लाख ग्राहक छन् साथै १ सय २७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १ सय ६२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आएको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्