काठमाडाैं । आज शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ। मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्