काठमाडौं । नेपाल रिपब्लिक मिडियाले साधारणसभा बोलाएको छ । कम्पनीले कात्तिक ३ गतेका लागि वार्षिक साधारण सभा बोलाएको हो।
कम्पनीको साधारणसभा कात्तिक ३ गते शुक्रबार बिहानको १० बजेदेखि जडिबुटी ईन्द्रेणी ब्याङक्वेट, जडिबुटीमा बस्ने भएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले असोज २१ गतेका लागि बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार असोज २० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र कम्पनीले बोलाएको सभामा भाग लिन पाउनेछन्।
कम्पनीले यसवर्ष सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीले सभामा आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने छन् ।
यस्तै, आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्