काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई वायुसेवा कम्पनीको तीनवटा ‘एएस ३५० बी ३ ई’ प्रकृतिको हेलिकप्टर बिहीबार उडानमा प्रतिबन्ध लगाएको छ।
प्राधिकरणका अनुसार यसरी प्रतिबन्ध लाग्ने कम्पनीमा श्री एयरलाइन्स र फिस्टेल एयरका हेलिकप्टर छन् । यी कम्पनीले भिजिबिलिटी १ सय मिटर समेत नभएको अवस्थामा हेलिकप्टर उडाउँदै हवाइ सुरक्षामा लापरबाही गरेकोले अर्को निर्णय नहुँदासम्मका लागि उडान नै बन्द गराएको प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्