Shikhar Insurance
National Life

गोल्डेन ट्रायांगल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा

सिंहदरबार संवाददाता
२०८० आश्विन ११, बिहीबार १३:४१
Hyundai
NCELL
NIMB

बारा । ४४ औं विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंबाट यात्रा थालेको करिब ५० जना राइडरलाई पर्सा राष्ट्रिय निकुञ्जमा स्वागत गरिएको छ ।

बुधबार बिहान ८ बजे नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीबाट फ्यालग अफ गरेर सुरुवात भएको बाइक टुर पर्सा राष्ट्रिय निकुञ्जमा अपरान्ह ४ बजे पुगेको हो । दिउँसो १ बजे मकावनपुरगढी आइपुगेको राइडरहरुलाई मकावनपुरगढी वडा नं २ का वडा अध्यक्ष बखानसिंह पाख्रिनले स्वागत गरेका थिए । मकावनपुरगढीका स्थानिय सरोकाहरुरसँग अन्तर्रक्रिया गर्दै राइडरहरु हेंटौडा हुँदै बारा (पर्सा राष्ट्रिय निकुञ्ज) तर्फ निस्किएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पर्सा राष्ट्रिय निकुञ्जको जङ्गल सफारीसँगै राइडर स्वागत कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, नाटा मधेश प्रदेशका अध्यक्ष मोहन शर्मा, सबुज गणका प्रमुख सेनानी गणेशमान पन्त, होटल सघं बाराका अर्जुन लम्साललगायत स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो । करिब १ हजार किमि यात्रा र १५ वटा जिल्लाको पर्यटन प्रबर्द्धन सँगै स्थानिय तहमा भइराखेको पर्यटकीय गतिविधिलाई नजिकबाट ध्ययेका साथ टुर सुरु गरिएको हो ।

कलाकार तथा मोडल सनम कठाएत, गायक डेभिड शंकर र मोडल कुशुम शर्मा समेत सहभागी टुरमा विभिन्न रमाइला कार्यक्रमहरु समेत समावेश गरिएको छ । राइडरहरुको टोली आज चितवनमा बास बस्दै, लुम्बिनी, बुटवल, पाल्पा, पोखरा हुँदै १५ गते काठमाडौं फर्किने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्