काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लब तालिम तथा सम्मान कार्यक्रम होटल ह्यात रिजेन्सीमा सम्पन्न गरेको छ ।
कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा आव २०७९/८० मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४ सय ५० जनाभन्दा बढी अभिकर्तालाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्नुका साथै नेपालभरीबाट आफ्नो कोड र सञ्जालको व्यवसायमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम द्वितीय र तृतीय हुने अभिकर्ताहरु, समूहगत व्यवसायबाट प्रथम हुने र आफ्नो र सञ्जालमा अलग–अलग उत्कृष्ट गर्ने ७ जना लिडर अभिकर्तालाई सम्मानपत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको छ ।
साथै, सो समारोहमा सातवटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलग–अलग प्रथम, द्वितीय, तृतीय हुने लिडर अभिकर्ताहरुलाई पनि सम्मानित गरिएको थियो ।
समारोहमा अध्यक्ष सिंहले नेपालको जीवन बिमा क्षेत्रमा कम्पनीले आफ्नो अलग्गै पहिचान बनाई एक प्रमुख जीवन बिमा कम्पनीको रुपमा आफूलाई स्थापित गरेको बताए ।
कम्पनीले आउने दिनहरुमा आफ्नो प्रतिस्पर्धात्मक धारलाई कायम राखी सबै सरोकारवालाहरुलाई उचित प्रतिफल उपलब्ध गराउन प्रयासरत रहेको र यो सबै अभिकर्ताहरुको योगदानवाट मात्र संभव हुने भएकाले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धत्ता अध्यक्षले प्रकट गरे ।
कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आइरहेको र विशेष गरी स्वास्थ्य क्षेत्र, वातावरण र महिला सशक्तीकरण जस्ता क्षेत्रमा योगदान पुर्याउन आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जानकारी गराए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले आफ्नो वर्षभरीको मेहनत र परिश्रमवापत तोकिएको लक्ष्य पूरा गरी यस कार्यक्रममा सहभागी भई चेयरपर्सन क्लबको सदस्यता प्राप्त गर्न सफल अभिकर्ताहरुलाई बधाई दिँदै अभिकर्ताहरु कम्पनीका मेरुदण्ड रहेको र अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सधंै अब्बल रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्