Shikhar Insurance
National Life

सबैभन्दा अग्लो ठाउँबाट सार्वजनिक गरियो मनाङ भ्याली वाइन

सिंहदरबार संवाददाता
२०८० आश्विन ११, बिहीबार १०:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । मनाङका लोकल किसानहरूद्वारा उत्पादित स्याउबाट बनेको मनाङ भ्याली वाइन नेपाली बजारमा सार्वजनिक भएको छ । कलाकार स्वस्तिमा खड्कालगायत अन्य पत्रकारहरूको उपस्थितिमा मनाङ भ्याली वाइन सार्वजनिक गरिएको हो ।

अहिलेसम्म काठमाडौं उपत्यकामा मात्र लन्च हुने गरेकोमा मनाङ बेभरेजले भने ३५०० मिटरको उचाइमा रहेको साब्जे लेकमा पत्रकारहरूलाई निमन्त्रणा गर्दै आफ्नो नयाँ वाइन सार्वजनिक गरेको हो । यो अहिलेसम्मकै सबैभन्दा बढी उचाइमा सार्वजनिक गरिएको उत्पादन हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मनाङ बेभरेजका डाइरेक्टर आश्रय रंजितकारले भने, “हिमालयको शुद्धता र मौलिकपनाबाट प्रभावित भएर हामीले मनाङ भ्याली वाइन बजारमा ल्याएका छौँ । स्थानीय स्तरमा उत्पादित स्याउहरूबाट अत्याधिक प्रविधि प्रयोग गरी तयार गरिएको मनाङ भ्याली वाइन तपाईँहरू माझ ल्याउन पाउँदा हामी उत्साहित छौँ । विदेशी वाइन चाख्ने बानी परेका नेपाली उपभोक्ताहरूले नेपाली स्वादको वाइन पक्कै पनि मन पराउनुहुनेछ भन्ने हामीलाई विश्वास छ ।”

प्रकृति र संस्कृतिको कलात्मक सम्मिश्रणले सजीसजाउ मनाङ भ्यालीमा स्थानीय किसानहरूद्वारा उत्पादित स्याउबाट बनेको मनाङ भ्याली वाइनको स्वाद पनि उत्तिकै बेजोड रहेको कम्पनीले जानकारी दिएको छ ।

मनाङ भ्याली वाइनले पर्यटकीय गन्तव्यको रुपमा मात्र चिनिएको मनाङ भ्यालीलाई एउटा अलग पहिचान प्रदान गर्दै मनाङको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान गर्ने कम्पनीको दाबी छ । मनाङ भ्याली वाइनको आगमनले स्थानिय रुपमा उत्पादित सामाग्रीहरूको प्रयोगबाट नै विश्वस्तरीय उत्पादन बनाउन सकिन्छ भन्ने कुराको पनि उत्कृष्ट उदाहरण दिएको छ ।

त्यस्तै, स्वस्तिमा खड्काले भनिन्, “मनाङ भ्याली वाइन वास्तवमै गज्जब स्वदको छ । यसको हरेक सिपमा हिमालयको शुद्धता र मौलिकपनाको आभास हुन्छ । विदेशी वाइनहरूले प्रभुत्व जमाउँदै गरेको अहिलेको अवस्थामा मनाङ भ्याली वाइनको यस स्तरको नेपाली वाइन आउनु नेपाली अर्थतन्त्रकै लागि गर्वको कुरा हो ।” मनाङ भ्याली वाइन ह्वाइट कलरमा स्विट र सेमी स्विट भर्सनमा उपलब्ध छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्