काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा शतप्रतिशतले वृद्धि गरेको छ । अब दैनिक २० किलो सुन आयात गर्न सकिनेछ । यसअघिसम्म दैनिक १० किलोग्राम मात्रै सुन आयात गर्न पाइन्थ्यो ।
राष्ट्र बैंकले सुन आयात सम्वन्धि एकीकृत परिपत्र संशोधन गर्दै कोटा वृद्धि गरेको हो ।
सुन आयातको जिम्मा बाणिज्य बैंकहरुले पाउँदै आएका छन् । राष्ट्र बैंकले बैंकहरुलाई हरेक महिना दैनिक २० किलो ग्रामकका दरले सुन आयात गर्न सक्नेछन् । मूल्यको दृष्टिकोणबाट मितव्ययी र लाभदायी हुने भएमा हरेक दिनको २० किलोका दरले हुने गरि महिनाभर सुन खरिद गर्न सकिनेछ । दैनिक २० किलोको कोटा अनुसार कुनै दिन खरिद नभएमा त्यस्तो बाँकी कोटा वापतको सुन सोही महिनाको अत्यमा एक मुष्ठ खरिद गर्न सकिनेछ ।
त्यसरी आयात गरिएको सुनको विवरण हरेक महिना सकिएको सात दिनभित्र राष्ट्र बैंकलाई बुझाउनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्