Shikhar Insurance
National Life

नेपालमा विदेशी लगानीको प्रतिफल १४.३%, ‘ट्याक्स हेभन’ सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब लगानी

सिंहदरबार संवाददाता
२०८० आश्विन १०, बुधबार १७:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालमा विश्वका ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन अनुसार नेपालमा ५७ देशका उद्यमी व्यवसायीहरुले २ खर्ब ६४ अर्ब ३३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको देखाएको हो । यो लगानीमध्ये चुक्ता पुँजीको हिस्सा जम्मा ५३.७ प्रतिशत छ भने सञ्चिति ३१.७ प्रतिशत र बैंक तथा वित्तिय संस्थाहरुको ऋण १४.६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक बर्षमा त्यस्तो मुनाफा १४.७ प्रतिशत रहेको थियो

नेपालमा सबै भन्दा धेरै विदेशी लगानी भारतबाट आएको छ । नेपालमा भारतका व्यवसायीहरुले ८८ अर्ब रुपैयाँ लगानी गरेका छन् । त्यसमा केहि भारत सरकार नेतृत्वका कम्पनीहरु समेत सम्मिलित छन् ।
दोश्रो नम्बरमा चिनियाँ लगानी रहेको छ । नेपालमा चिन सरकार तथा व्यवसायीहरुले हालसम्म ३३ अर्ब ४५ करोड रुपैयाँ लगानी गरेका छन् । नेपाल तेश्रो धेरै विदेशी लगानी भने आयरल्याण्डबाट प्राप्त भएको छ । नेपालमा आयरल्याण्डका व्यवसायीहरुले २० अर्ब ९० करोड रुपैयाँ लगानी गरेका छन् । चौथो नम्बरमा रहेको सिंगापुरबाट नेपालमा १६ अर्ब ७ करोड रुपैयाँ विदेशी लगानी रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ट्याक्स हेभनका रुपमा चिनिएको सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब ९ करोड रुपैयाँ लगानी आएको छ । नेपालमा सञ्चालनमा रहेका विदेशी लगानीका उद्यम व्यवसायहरु कुल क्षमताको ७१.१ प्रतिशत क्षमतामा सञ्चालन भैरहेका छन् । नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुको औषत नाफा भने जम्मा १४.३ प्रतिशत मात्रै रहेको छ ।

राष्ट्र बैंकले आर्थिक बर्ष २०७८।७९ को असार मसान्त अवधीसम्मको अध्ययनबाट यस्तो निष्कर्ष निकालेको हो । नेपालमा ६२.६ प्रतिशत लगानी औद्योगीक क्षेत्रमा रहेको छ भने सेवा क्षेत्रमा ३७.३ प्रतिशत लगानी रहेको छ । औद्योगीक क्षेत्रको लगानीमध्ये जलविद्युतमा ३२.८ प्रतिशत र उत्पादन मुलक उद्योगमा २९.५ प्रतिशत रहेको छ । सेवा क्षेत्र तर्फको कुल वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत भने बैंक तथा बीमा कम्पनीहरुमा लगानी रहेको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

सो आर्थिक बर्षमा नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले १५ अर्ब ६७ करोड ७५ लाख २० हजार रुपैयाँ प्रतिफल फिर्ता लगेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्