Skip to content
Shikhar Insurance
National Life

एक दिन पनि टिकेन सेयर बजार बृद्धि, सन नेपाल लाइफ इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । साताको पहिलो दुई कारोबार दिन घटेको सेयर बजार मंगलबार १८.४५ अंक बढेर बन्द भएको थियो । तर, आज पुनः घटेर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १८.६० अंक घटेर २,००४.३० को विन्दुमा बन्द भएको छ । त्यस्तै, ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ३.२९ अंक घटेर ३८२.९४ को विन्दुमा झरेको हो ।

यसदिन नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबारको दिन २ अर्ब ९ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा यसदिन २८२ कम्पनीको ५८ हजार ३६७ पटकको कारोबारमा एक अर्ब ८१ करोड ४३ लाख रुपैयाँ बराबरको ७० लाख ६१ हजार ४०४ कित्ता सेयर खरिदबिक्री भए । कारोबारमा आएको ३४ कम्पनीको सेयर मूल्य बढेको छ । १९३ कम्पनीको घटेको छ भने, ३ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार आज मानकामना इन्जिनीयरीङ्ग हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९० प्रतिशतले बढेको छ । त्यसैगरी, एशियान हाइड्रोपावरको ७.९१ प्रतिशत, मोलुङ हाहइड्रोपावरको ७.६० प्रतिशत र अपर लोहोरो खोला हाइड्रोपावरको ६.५५ प्रतिशत सेयर मूल्य बढेको छ । भने, अन्य कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारमा आएको लक्ष्मी भ्यालु फण्ड २ को मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, शुभम् पावरको ९.९९ प्रतिशत सेयर मूल्य घटेको छ ।

यसदिन कारोबार रकमको आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । इन्स्योरेन्सको ७ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

त्यसैगरी, एनआईसी एशिय बैंकको ६ करोड १९ लाख, रिलायबल नेपाल लाइफ इनस्योरेन्सको ५ करोड ८४ लाख, शिवम् सिमेन्टको ५ करोड ७९ लाख र सिटिजन इन्भेष्टमेण्टको ५ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भई शीर्ष पाँच भित्र रहेको छ ।

यसदिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । सबैभन्दा बढी हाइड्रोपावर उपसमूहको परिसूचक १.५१ प्रतिशतले घटेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्