Skip to content
Shikhar Insurance
National Life

दराज एपका प्रयोगकर्ताले अब अनलाइन किनमेलसँगै खेल पनि खेल्न पाउने

Hyundai
NCELL
NIMB

काठमाडाैं । दराज एपका प्रयोगकर्ताहरुले अब अनलाइन किनमेलसँगै खेल पनि खेल्न पाउने भएका छन्। दराज नेपालले आफ्नो ग्राहकरूलाई मनोरञ्जन प्रदान गर्दै प्रयोगकर्ताहरूलाई एपमा थप संलग्न गराउने उद्देश्यले मंगलबार ‘दराज क्यान्डी’ नामक अनलाइन खेल सार्वजनिक गरेको हो।

दराज एपका प्रयोगकर्ताहरुले सजिलै यो खेल खेल्न सक्छन्। यो खेलमा प्रयोगकर्ताहरूले तीन वा त्योभन्दा घेरै एकै रंगका क्यान्डीहरूलाई एकै ठाउँमा मिलाउनुपर्छ। यसरी मिलाएपछि मिलेका क्यान्डीहरू हराउँछन् र माथिका बाँकी क्यान्डीहरू खाली ठाउँमा झर्छन्।

यो खेलबाट प्रयोगकर्ताले जेम् प्राप्त गर्न सक्छन् जुन उनीहरुको खेलको आधारमा हरेक दिन उनीहरूलाई प्रदान गरिन्छ। दराज लोयल्टी कल्बका सदस्यहरूले यो जेम्को प्रयोग गरी दराजका सामानहरूमा विशेष छुट प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ।

GBIME

प्रतिक्रिया दिनुहोस्