Shikhar Insurance
National Life

काठमाडौं महानगरपालिका-८ का तीनवटै मन्दिरकाे संयुक्त उद्घाटन

सिंहदरबार संवाददाता
२०८० आश्विन १०, बुधबार १३:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिका-८ द्वारा पुनः निर्माण गरिएको तीनवटा मन्दिरको एकैदिन उद्घाटन गरिएको छ । मन्दिरको विधिवत रूपमा बैदिक तथा तान्त्रिक विधिबाट पूजा अर्चना गरी विभिन्न बाजागाजासहित शिलापत्र अनावरण गरेर उद्घाटन गरिएको हो ।

काठमाडौँ महानगरपालिका-८ को गह्येश्वरीमा रहेको इना गणेश (चन्द्र विनायक), महामृत्युजय महादेव जयवागेश्वरी र इट्टापाखामा रहेको स्वर्ण गणेश मन्दिर पुनः निर्माणपछि उद्घाटन गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२०७२ सालको भूकम्पपछि जीर्णद्वारको पर्खाइमा रहेका मन्दिरहरू टेन्डरद्वारा ठेकेदार कम्पनीहरू आह्वान गरी समयमा नै निर्माण कार्य सम्पन्न गर्दै उद्घाटन गरिएको वडाले जनाएको छ ।

काठमाडौं महानगरपालिका-८ का वडाअध्यक्ष आशामान संगतले, ‘गुह्येश्वरीमा रहेको इना गणेश मन्दिर करिब २२ लाख १७ हजारमा, इट्टापाखामा रहेको स्वर्ण गणेशको मन्दिर करिब २१ लाख ८८ हजार र जयवागेश्वरीमा रहेको ब्रह्मा मन्दिरको लागत खर्च सार्वजनिक नभइसकेको जानकारी दिए ।’

वडाअध्यक्ष संगतले, वडावासीहरूको साथ सहयोग र समर्थन रहेमा वडाभित्रका जस्तोसुकै समस्या समाधान तथा विकास निर्माणमा सहज हुने बताए । उनले, वडास्तरबाट विकास निर्माणका कामहरू धमाधम भइरहेको र आफूहरूको काम व्यक्ति पूजा गर्ने नभएर समुदाय र समाजको विकास गर्नु रहेको संगतले बताए। उनले आफुहरूलाई काम गर्नका लागि सुझाव दिनुपर्ने र दवाव नदिन पनि आग्रह गरे।

वडाअध्यक्षले पशुपतिको धर्मशाला पुनः निर्माण भइरहेको र त्यसको सञ्चालनको तयारी काठमाडौँ महानगरपालिकाले गरिरहेको बताउँदै पशुपतिको पार्किङको व्यवस्थापन समेत काठमाडौं महानगरपालिकाले सञ्चालन गर्ने तयारी गरिरहेको पनि उनले जानकारी दिए। उनले हाल वडा भवन निर्माणको काम भइरहेको र जयवागेश्वरीदेखि सिफलको सेतो ढोकासम्म ढुंगा बिछ्याउने काम पनि जारी रहेको जानकारी दिए।

त्यस्तै समुद्घाटन कार्यक्रममा बोल्दै संस्कृतिविद् मुकुन्द राज वैद्यले, पुरातात्त्विक सम्पदाहरूको नाम परिवर्तन गर्ने अधिकार कसैलाई नि नभएको बताए । उनले हामी सबैले आधुनिकताको नाममा पुरातात्त्विक संम्पदाहरूमाथि दासत्व जमाउँन खोज्यौँ भने, भोलिको पुस्ता विविधता यक्त नेपालको परिकल्पनाबाट पछि हट्ने उनले बताए।

उद्घाटन कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडाअध्यक्ष आशामान संगत लगायत वडा सदस्य, वडा सचिव लगायत वडाका विभिन्न कर्मचारीसहित स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्