काठमाडौं । काठमाडौंको सिनामंगलबाट बरामद गरिएको ६० किलो ७ सय ग्राम सुन प्रकरणमा आज बुधबारदेखि थुनछेक बहस सुरु हुनेछ ।
उक्त प्रकरणमा संलग्न प्रतिवादीको आज बयान सकिएसँगै बुधबारदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले राससलाई जानकारी दिए ।
उनका अनुसार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएकाले भोलिदेखि थुनछेक बहस सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्