Shikhar Insurance
National Life

माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई ओम हस्पिटलमा विशेष छुट

सिंहदरबार संवाददाता
२०८० आश्विन १०, बुधबार १०:११
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहक तथा कर्मचारीले  ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा  विशेष छुट पाउने भएका छन् ।  साे सम्झाैता  ओम हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र माछापुच्छ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारीहरु तथा योनो नेपाल एसविआई मोबाइल एप प्रयोगकर्ताले ओम हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालको निजी क्षेत्रबाट सञ्चालित ओम अस्पतालले तीन दशक अघिदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले एकै छानामुनी आकस्मिक उपचारदेखि सघन उपचार तथा पेन मेडिसिन लगायत अन्य ३७ वटाभन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

निःसन्तान दम्पतिलाई दाम्पत्य सुख प्रदान गर्ने आइ।भि।एफ। सेवाको शुरुवात गर्ने यो अस्पालले मातृशिशु सेवा, स्त्री तथा प्रसुती रोग, ल्यापारोस्कोपिक सर्जरी, जनरल मेडिसिन, दन्त रोग, नेत्र रोग, मानसिक रोग, फोक्सो तथा छाती रोग, मुत्र रोग लगायतका बिषयमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।

मिर्गौला रोग र अर्बुदरोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरी सहुलियत सहितको उपचार सेवा समेत प्रदान गर्दै आइरहेको छ । स्वास्थप्रति जागरुक नागरिकहरुकालागि ओम अस्पतालमा भिन्न भिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ

GBIME

प्रतिक्रिया दिनुहोस्