Shikhar Insurance
National Life

अर्थतन्त्र बिग्रेको सबै दोष गभर्नरलाई थोपर्न पाइन्न, गलत भए सरकारले कान समातेर काम लगाओस : सुरेन्द्र पाण्डे

सिंहदरबार संवाददाता
२०८० आश्विन ९, मंगलवार १९:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले गभर्नरकै कारणले अर्थतन्त्रमा समस्या आएको भए सरकारले कान समातेर काम लगाउनु पर्ने बताएका छन् । एमाले निकट व्यवसायीहरुको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले नामक अन्तर्किया कार्यक्रममा बोल्दै पाण्डे यस्तो बताएका हुन् ।

खासमा सुधारका कामहरु सरकारले गर्नुपर्ने हो तर सरकार अर्थ मन्त्रालय कुनै काम नगर्ने अनि दोष जति गभर्नरमाथि थुपार्ने यस्तो गर्न नहुने समेत पाण्डेले बताएका छन् । सरकार अर्थ मन्त्रालय र राष्ट्र बैंक तिनै तहबाट अर्थतन्त्रका सुधारको काम हुनुपर्ने हो तर सरकार गभर्नरलाई दोष लगाएर ओभानो हुन खोजिरहेको छ, यदि गभर्नरकै कारणले अर्थतन्त्रमा समस्या आएको भए सरकारले कान समातेर काम लगाए भैहाल्यो नी, पाण्डेले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अर्थमन्त्रीले अरुलाई दोष दिएर आफू उम्किने प्रयास गरेको आरोप पनि उनले लगाए । अर्थमन्त्रीले भने- ‘गभर्नरले भनेको मानेदेखि म गर्छु , अर्थतन्त्र सुधार हुन्छ, यो कुनै तरिका हो ? अरुलाई दोष दिने प्रवृत्तिले रिजल्ट दिँदैन यसको अन्त्य हुनुपर्छ र जिम्यवारी लिनुपर्छ, जो सरकारमा बस्छ जिम्मेवारी पनि उसैको हुन्छ, हामी सरकारमा भएको भए त्यसको जिम्मा हामी लिने थियौं,’ पाण्डेले भने ।

सरकारले झालेमाले पारामा सबै दोषी जस्तो देखाउन खोजेको आरोप पनि उनले लगाए । म सुन्छु, अर्थमन्त्रीज्यूले अर्थतन्त्रमा सुधार भइरहेको कागजी डाटा देखाउनु हुन्छ र त्यसमै रमाउनु हुन्छ, अब कागजी डाटामा रमाएर हुँदैन, उनले भने ।

उनले जहाँ समस्या छ, त्यही समाधान खोजिनुपर्नेमा जोड दिए । समस्या कहाँ छ अनि एउटाले अर्कोलाई गाली  गरिराखेको छ, भारतको भन्दा नेपालकोे प्रतिवर्ष लोनको प्रतिशत धेरै छ , लोन गएको छ तर त्यसको अनुपातमा अर्थतन्त्रमा असर किन देखीएन, उत्पादकत्व किन बढेन ? रोजगारी किन सिर्जना भएन ? कहाँ गएको छ त्यो पैसा ? व्यवसायी प्रति लक्षित गर्दै पाण्डेले प्रश्न गरे ।

नेपालमा बिदेशी अनुदानको हिस्सा घट्दो क्रममा रहेको र यस्तो अवस्थामा अनुदान मात्रै लिने र ऋण नलिने भन्ने अर्थमन्त्रीको भनाइ गलत भएको भन्दै पाण्डेले त्यसरी देशको बिकाश सम्भव नहुनेसमेत बताए ।

कार्यक्रममा एमाले अध्यक्ष केपी ओली पुर्वअर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे, विष्णु पौडेल, डा. युवराज खतिवडालगायतका एमालेका नेताहरु तथा एमाले निकट व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्