Shikhar Insurance
National Life

भूतप्रभावि करले पुँजीबजारमा समस्या आयोः अम्बिका पौडेल

सिंहदरबार संवाददाता
२०८० आश्विन ९, मंगलवार १५:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल पुँजीबजार फोरमका पूर्वअध्यक्ष अम्बिका पौडेलले सरकारले करको सिद्धान्तविपरीत भूतप्रभावि कर लगाएका कारण पुँजीबजारमा समस्या आएको बताएका छन् ।

एमाले निकट व्यवसायीहरूको संगठन नेपाल उद्याेग तथा व्यवसायी महासंघ आयोजना गरेको अन्तर्क्रिया (उद्याेग संघ एमाले) मा बोल्दै पौडेलले उक्त कुरा बताएका हुन् । कर्यक्रममा बोल्दे पौडेल भने, ‘नेपालमा विज्ञहरुले बनाएको बजेट उत्पादन व्यवसायमैत्री आउँछ भन्ने लागेको थियो तर बजेट भने व्यवसायविपरीत आयो, त्यसमा पनि पहिले गरेको करोबारमा समेत भूतप्रभावि कर लगाउने गरी आयो । अहिले आएर कर कार्यलयले कर तिर्न आउनुस् ५० प्रतिशत छुट दिन्छु भन्छ, अनि हामीले कहाँबाट कसरी कुन पैसा तिर्ने ?’ पौडेलले प्रस्न गर्दै भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सरकारले करको सिद्धान्तविपरीत कर असुल्न खोजेको आरोप लगाउँदै भने, ‘भूतप्रभावि करका कारण लगानी कर्ता डराए जसकाे परिणाम पुँजीबजारमा देखिएको छ, पहिलेको कारोबारमा अहिले कानुन बनाएर कसरी कर लग्छ।’

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वअर्थमन्तीहरु सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडा, विष्णु पौडेललगायत एमाले नेता तथा एमाले निकट व्यवसायी, व्यापारीहरुको उपस्थिति थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्