काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैँ तिहारका लागि नयाँ नोट वितरण गर्ने तयरी गरेको छ । केन्द्रिय बैंकले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने लागेको हो ।
यस वर्ष केन्द्रिय बैंकले घटस्थापनादेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउनेगरी तयारी गरिरहेको जनाएको छ।राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका एक एक बण्डल नोट सटहीको सुविधा उपलब्ध गराउने छ।
केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाबाटनै नोट साट्न सकिनेगरी व्यवस्था गर्ने भएको छ। यस्तै केन्द्रिय बैंक र प्रादेशिक कार्यलयहरुबाट समेत सटही सुविधा उपलब्ध गराउने छ।
प्रतिक्रिया दिनुहोस्