Shikhar Insurance
National Life

काठमाडौं र भक्तपुरमा एकैदिन १६ लाख बढीको चोरी

सिंहदरबार संवाददाता
२०८० आश्विन ८, सोमबार १६:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । चाड पर्व सुरु भएसँगै चोरीका घटना बढ्न थालेका छन् । प्रहरीका अनुसार केही दिन यतादेखि काठमाडौं, भक्तपुरलगायतका क्षेत्रमा चोरीका घटना बढेका उजुरी पर्न थालेका छन् । प्रायः दिउँसो तथा रातिको समयमा चोरीका घटनाहरु बढ्न थालेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायबमहानिरीक्षक कुवेर कडायतले काठमाडौंको घट्टेकुलो चोकनजिक बस्ने चन्द्रकेशरी बज्राचार्यको घरमा, भक्तपुरकोगठ्ठाघरस्थित अरनीको बस्तीमा बस्ने सबिन निरौलाको कोठा र भक्तपुरको दधिकोट नयाँबस्तीमा सानुमाया चित्रकारको कोठामा चोरी भएको भएको बताए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार बज्राचार्यको घरबाट नगद १ लाख ६० हजार रूपैयाँ, विभिन्न सुन तथा चाँदीका गहना र पूजा गर्ने सामान गरी करिब ६ लाख ६६ हजार रूपैयाँ, निरौलाको कोठाबाट ल्यापटप, घडी र नगद गरी करिब एक लाख सात हजार रूपैयाँ तथा चित्रकारको कोठाबाट करिब ९ लाख ६५ हजार सात सय रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

प्रहरीले सामानहरु चोरी गरी हाल फरार भएका व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मेला, पर्व तथा चाडवाड नजिकिँदै गएकाले चोरी गर्नेहरु सक्रिए हुने हुँदा आवश्यक सावधानी अपनाउन प्रहरीले सबैमा आग्रह गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्