Shikhar Insurance
National Life

पठाओको ५ वर्षे यात्राका १३१ राइडर सम्मानित, राइडरहरूको कमिसन पनि घट्दै

सिंहदरबार संवाददाता
२०८० आश्विन ८, सोमबार १३:३०
Hyundai
NCELL
NIMB

काठमाडाैं । पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो‍(फुड डेलिभरी पर्सन)का लागि ‘पठाओ बेनिफिट प्रोग्राम’ सुरू गरेको छ ।

आफ्नो स्थापनाको पाँच वर्ष पूरा गरेको उपलक्ष्यमा सेप्टेम्बर २४ (आइतबार) मा उत्कृष्ट चालकहरूलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले यस्तो घोषणा गरेका हुन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पठाओको सुरूवाती दिनदेखि हालसम्म राइड गरेका १३१ उत्कृष्ट चालक तथा पठाओ हिरोहरू छनोट भइ छुट्टाछुटै क्याटागोरीमा सम्मानित भएका छन् ।

कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक बस्न्यातले एक व्यक्तिलाई एक ठाउँबाट अर्को ठाउँमा जान सहज बनाउनका लागि एउटा शहरबाट सुरू गरिएको पठाओ अहिले विभिन्न शहरमा जाने क्रममा रहेको बताए । उनले भने, ‘अब चाँडै अर्को ५/६ वटा सहरमा जाँदै छौँ ।’

उनले पठाओले मुलुकको कुल जिडीपीमा पनि राम्रो योगदान गरिरहेको सुनाए । कम्पनीका अनुसार पठाओ चालकहरूलाई उनीहरूले अहिलेसम्म लिएका राइडका आधारमा डाइमन्ड, प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज क्याटागोरीमा वर्गीकरण गरि सम्मान गरिएको हो ।

साथै राइडरहरूका लागि दुर्घटना भत्ताको समेत व्यवस्था गरिएको छ । दुर्घटना भई उपचारपछि वेड रेस्टमा बस्नुपरेको अवस्थामा कमाइ नहुने हुँदा कम्पनीको डाइमन्ड, प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज क्याटागोरीमा परेका राइडरहरूलाई १० हजारदेखि ३० हजार रुपैयाँसम्म दुर्घटना भत्ता प्रदान गरिने कम्पनीले जनाएको हो ।

यस्तै केही तोकिएका अस्पताल, रेस्टुरेन्ट र वर्कशपहरूमा आकर्षक छुटहरू पाउने पठाओ नेपालका प्रवक्ता शशांकशमशेर थापाले जानकारी दिए । क्याटागोरी अनुसार स्कुल फी स्पोन्सरसीप, मोबाइल डाटा प्याकेज, मासिक क्वेस्टहरू पनि रहेको कम्पनीले जनाएको छ ।

यो कार्यक्रम पठाओसँग आवद्ध भएर लामो समय मेहनतका साथ काम गर्ने काठमाडौँ उपत्यकाभित्रका राइडर, क्याप्टेन र पठाओ हिरोहरूका लागि सहुलियत स्वरुप कम्पनीका तर्फबाट उपहार भएको थापाले जानकारी दिए ।
सँगसँगै वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक बस्न्यातले असोज ८ गतेदेखि ‘पठाओ दसैं महोत्सव’ सुरू गर्ने घोषणा गरे ।

यस महोत्सव अन्तर्गत कम्पनीले राइडरहरूले तिर्नुपर्ने कमिसनसमेत घटाउने भएको छ । हाल साधारणतया बाइकमा २० प्रतिशत र कार लाइट (ट्याक्सी) मा १५ प्रतिशत कमिसन रहेको छ । अब तीन हप्तासम्मका लागि धेरै राइड लिने राइडर र क्याप्टेन (ट्याक्सी चालक) को कमिसन घट्दै जानेछ । जसमा अधिकतम राइड गर्नेले तिर्ने कमिसन घटेर कम्तीमा १ प्रतिशतसम्म हुनआउनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्