काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भई दोस्रो बजारमा कारोबार खुलेको कही समयमै अप्पर लोहोरे हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लागेको छ । स्पेशल प्रि ओपनमा कम्पनीको सेयर प्रतिकित्ता २९३ रुपैयाँमा पहिलो कारोबार भएको हो।
यो समाचार तयर पार्दासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९ रुपैयाँ ३० पैसा घटेर २६३ रुपैयाँ ७० पैसामा झरेको छ ।
त्यस्तै, यसै दिन दोस्रो बजारमा कारोबारमा आएको पहिलो कारोबारकै दिन मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको सेयर ८.५१ प्रतिशतले घटेको छ । स्पेशल प्रि ओपनमा प्रतिकित्ता २२२ रुपैयाँमा पहिलो कारोबार भएको कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८ रुपैयाँ ५१ पैसा घटेर प्रतिसेयर २०३ रुपैयाँ १० पैसा कायम भएको हो ।
प्रतिक्रिया दिनुहोस्