Skip to content
Shikhar Insurance
National Life

स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो मनकामना इन्जिनियरिङ्ग र अप्पर लोहोरेको पहिलो कारोबार ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सोमबार, स्पेशल प्रि ओपन सेसनमा दुई कम्पनीको सेयर पहिलो कारोबार भएको छ । यसदिन स्पेशल प्रि ओपनमा मनकामना इन्जिनियरिङ्ग र अप्पर लोहोरे खोलाको पहिलो कारोबार भएको हो।

यी दुर्ई कम्पनीहरुको सेयर असोज ७ गते अर्थात आइतबार नेप्सेमा सूचीकृत भइ आजदेखि कारोबारमा आएका हुन्।

यस दिन मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको सेयर प्रतिकित्ता २२२ रुपैयाँमा पहिलो कारोबार भएको छ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ७४ रुपेयाँ देखि २२२ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। कम्पनीको स्टक टिकर एमईएचएल रहेको छ।

त्यस्तै, अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर प्रतिकित्ता २९३ रुपैयाँमा पहिलो कारोबार भएको हो। पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९७ रुपैयाँ ८७ पैसादेखि २९३ रुपैयाँ ६१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। कम्पनीको सेयर यूएलएचसी टिकरमा कारोबार भएको हो।

 

GBIME

प्रतिक्रिया दिनुहोस्