Shikhar Insurance
National Life

सिटिजन्स बैंकको १० बर्षे ऋणपत्र असोज १७ देखि, १० प्रतिशत प्रतिफल सुनिश्चित

सिंहदरबार संवाददाता
२०८० आश्विन ८, सोमबार १०:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले १० वर्षे ऋण पत्र असोज १७ गतेदेखि जारी गर्ने भएको छ । बैंकले ‘१०% सिटिजन्स बैंक डिबेन्चर २०९०’ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
सोही अनुसार बैंकले असोज १७ गतेदेखि २१ गतेसम्म सो ऋणपत्र निष्काशन गर्न लागेको हो । सो अवधीमा बिक्रि नभएमा कात्तिक १ गतेसम्म समय थपिनेछ ।

ऋण पत्रमा बार्षिक १० प्रतिशत ब्याज अर्थात प्रतिफल सुनिश्चित गरिएको छ । बैंकले कुल ३० लाख कित्तामध्ये १८ लाख कित्ता ‘प्राइभेट प्लेसमेन्ट’ र बाँकी सर्वसाधारणलाई बिक्री गर्नेछ । प्रति ईकाई एक हजार रुपैयाँ पर्ने ऋणपत्रमा न्युनमत २५ कित्ताका लागि आवेदन दिन सकिन्छ । अधिकतम भने सबै खरिद गर्न सकिने सुबिधा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्