संसारभरका केन्द्रिय बैंकहरुले आफ्नो स्वायत्ततालाई महत्व दिईरहेका हुन्छन् । सबै देशका सेन्ट्रल बैंकहरुले स्वायत्तताका लागि आफ्नो पोजिशन लिईरहेको हामी देख्छौं । त्यो स्वायत्तता केका लागि त भन्दा आफ्नो म्याण्डेड पुरा गराउनका लागि हो । मुद्रास्फितिमा केन्द्रिय बैंकको कति भूमिका रहन्छ भन्ने प्रश्न हुँदा हुँदै पनि डिमाण्ड साइडबाट सृजना हुने मुद्रास्फिति कम गर्न सेन्ट्रल बैंकको धेरै हदसम्म भूमिका रहन्छ ।
भलै हाम्रो कन्टेक्स्टमा चाँही धेरै इकोनोमिक प्यारामिटरहरुले चुनौती दिन्छन् । यहाँहरुलाई थाहै छ, थ्यौरी(सिद्धान्त)लाई चुनौती दिने हाम्रो अभ्यास छ । जुन बर्ष हाइयस्ट(उच्चतम) मनी सप्लाई भएको छ, त्यो बर्ष लोयस्ट(न्युनतम) मुद्रास्फिति भएको पनि हामीले देखेका छौं । यस अघि पनि कुरा उठिसकेको छ की जीडीपी भन्दा धेरै ऋण गएको छ तर इकानोमिक ग्रोथ भने नगन्य मात्रामा भैरहेको छ । यी बिषयहरुको अध्ययन गर्नै भएको छ ।
अहिले पनि बजारमा तपाईहरुले सुनिरहेको भएको छ, बैंकले ऋण नदिएका कारणले अर्थतन्त्र चलायमान भएन रे । बजार चलायमान भएर ऋण चाहिने हो की ऋण दिएर बजार चलायमान हुने हो ? यस्तो खालको डिलेमा(दुविधा) हामी कहाँ छ । हाम्रो प्रणालीले, तथ्यांकले हाम्रो कैयौं ठाउँमा थ्योरीलाई च्यालेञ्ज गरेको छ । फेरी पनि केन्द्रिय बैंकको स्वायत्तताको जुन भ्याल्यु छ, त्यो अन्त्यन्तै महत्वपूर्ण छ । राष्ट्र बैंकको स्वायत्तताको बिषय ऐनमै स्पष्ट छ । त्यसका अधिकार, कर्तव्य र सिमाहरु कानुनमै स्पष्ट रुपले उल्लेख गरिएका छन् । मूल्यस्थिरताको म्याण्डेडसहित राष्ट्र बैंकका सिमाहरु के के हुन् ? यो सबैधानिक रुपले कुन पोजिशनमा छ भन्ने कुरा ऐनले बोलेको छ ।
सरकारले दिएका निर्देशनहरु पालना गर्न राष्ट्र बैंक बाध्य हुन्छ की हुन्न भनेर पनि स्पष्ट लेखिएको छ । यी बिषयहरुमा राष्ट्र बैंकलाई कानुनले स्पष्ट म्याण्डेड दिएको छ । अर्काे भनेको अपरेशनल प्राक्टिसको पक्ष हो । कानुनमा जे सुकै लेखिएको भएता पनि गभर्नरले हरेक दिन, हरेक हप्ता सरकारी मान्छे र मन्त्रीहरुलाई भेट्नुपर्छ, हरेक पोलिसीहरुमा छलफल गर्नुपर्छ भन्ने हो भने कानुनमा लेखिएका कुराहरुको के अर्थ हुने भयो र फेरि ?
भारतकै कुरा गर्ने हो भने आरबिआईको हेडक्वार्टर मुम्बईमा छ । भारतको संघीय सरकार दिल्लीमा छ । त्यहाँ यत्रो दुरीमा बसेर पनि केहि समस्या छैन् । तर हाम्रोमा हेर्नुस त, गभर्नर र अर्थमन्त्री एक हप्तासम्म संगै देखिएनन् भने मिडियाहरुले सम्बन्धमा समस्या छ भनेर लेखिदिन्छन् । त्यसकारण प्राक्टिकल्ली र अपरेशनल्ली पनि राष्ट्र बैंकको स्वायत्तताको महत्व छ ।(राजधानीमा आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले व्यक्त गरेको धारणाको सम्पादित अंश)
प्रतिक्रिया दिनुहोस्