Shikhar Insurance
National Life

बेइजिङ पुगेर चन्द्र ढकालले फेरि उठाए नेपालमा चिनियाँ बैंक खोल्ने प्रसंग, भने- त्यो आवश्यक छ

सिंहदरबार संवाददाता
२०८० आश्विन ७, आईतवार १८:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा चिनियाँ बैंक स्थापनाको विषय फेरि उठाएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा आयोजना भएको नेपाल-चीन बिजनेस समिटलाई सम्बोधन गर्दै ढकालले नेपालमा चिनियाँ बैंक आवश्यक रहेको बताएका हुन् ।

अध्यक्ष ढकालले दुइ देशबीच कारोबार बढिरहेको सन्दर्भमा चिनियाँ बैंकको आवश्यकता रहेको बताएका हुन् । ‘नेपाल र चीनबीच व्यावसायिक कारोबार निरन्तर बढिरहेको छ, नेपालमा चिनियाँ बैंक शाखाका रूपमा वा नेपालीसँगको संयुक्त लगानीमा आउन सक्ने अवस्था छ’, अध्यक्ष ढकालले भने । उनले केही समयअघि पनि नेपालमा चिनियाँ बैंक आवश्यक रहेको बताएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महासंघ अध्यक्ष ढकालले महासंघमा विदेशी लगानी सहजीकरणका लागि ‘विदेशी लगानी सहायता कक्ष’ स्थापना गरेको जानकारी समेत दिएका थिए । उनले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरुले राम्रो मुनाफा आर्जन गरिरहेको जानकारी गराउँदै चिनियाँ लगानीकर्ताहरुका लागि नेपाल सुरक्षित लगानी गन्तव्य रहेकोमा जोड पनि दिए । कार्यक्रमको अर्काे सह आयोजक चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी)का उपाध्यक्ष झांग साओगांगले महासंघ पुरानो साझेदार संस्था रहेको बताउँदै समिटले द्विपक्षीय व्यापार अभिवृद्धिमा समिट महत्वपूर्ण हुने दाबी गरेका थिए ।

सिसिपिआइटी नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सिसिपिआइटीले सहयोग प्रदान गर्ने विश्वास उनले व्यक्त गरे । महासंघको वैदेशिक लगानी एवं अन्तराष्टिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे प्रस्तुति गरेका थिए । नेपालमा प्राकृतिक स्रोतसँगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उनले बताए ।

समिटमा १२० जना चिनिया कम्पनीको सहभागिता थियो । नेपालका तर्फबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, राष्टिय उद्योग व्यापार महासंघका पदाधिकारी सहित करिब ५० जना उद्यमी व्यवसायीले समिटमा सहभागिता थियो । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागि नेपाली उच्च अधिकारीहरुको पनि सहभागिता थियो । उक्त समिट पूर्वबिजनेस टु बिजनेस बैठक राखिएको थियो ।

यसअघि, महासंघ र सिसिपिआइटीका पदाधिकारीहरुबीच द्विपक्षीय छलफल समेत भएको थियो । जसमा दुइ संस्थाबीचको सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल चीन लगानी एवं व्यापार सहजीकरणका विषयमा छलफल भएको थियो । छलफलमा अध्यक्ष ढकालसहित निवर्तमान अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु हेमराज ढकाल एवं ज्योत्सना श्रेष्ठको सहभागिता थियो ।

यसैगरी महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले पनि बैठकमा सहभागिता जनाएका थिए। यसैगरी कार्यसमिति सदस्यहरु मनोज पौडेल, हरि कार्की र शाेभा ज्ञवालीको पनि कार्यक्रम एवं बैठकमा सहभागिता थियो ।

समिटका क्रममा आइएमइ समूहले सिएएमसी इन्जिनियरिङ कम्पनीसँग लगानी विस्तारको समझदारी गरेको छ । यसैगरी चौधरी समूहले जिएसी मोटर्स र होजोन मोटर्ससँग पनि सम्झौता गरेको छ । महासंघले पछिल्लो चार महिनामा देशबाहिर आयोजना गरेको यो दोस्रो समिट हो । यस अघि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा पनि महासंघ साझेदार संस्था कन्फिडरेसन अफ इन्डियन इन्डिष्टिजसँगको सहकार्यमा नेपाल भारत बिजनेस समिट आयोजना गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्