काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सम्पूर्ण कार्यालयहरुमार्फत बैंकको सेवासम्बन्धी आफ्नो अनुभव मूल्याङ्कन गर्ने सुविधा ल्याएको छ । बैंकले ग्राहकहरुको प्रतिक्रिया लिन र बैैंकको सेवा मूल्याङ्कन गर्न यो सुबिधा ल्याएको हो ।
यसअन्तर्गत, सानिमा बैंकका सेवाग्राहीले बैंकको सेवाको अनुभव मुल्याङ्कन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन् । बैंकले आफ्नो सम्पूर्ण कार्यालयहरुको काउन्टर र ग्राहक सेवा विभागमा क्युआर कोड उपलब्ध गराएको छ।
उक्त क्युआर कोड स्क्यान गरी गा्रहकहरुले बैंकमा आफ्नो अनुभव तत्कालै मूल्याङ्कन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन् । बैंकले ग्राहक सेवालाई सुधार गर्दै जाने उद्देश्यले यो पहल गरेको हो ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३२ वटा कार्यालय तथा १ सय २३ वटा एटिएम सञ्चालनमा छन् ।
प्रतिक्रिया दिनुहोस्