Skip to content
Shikhar Insurance
National Life

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको सेयर सूचीकृत भएको छ। आइतबार कम्पनीको ८० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा र कर्मचारीहरु सहित सर्वसाधारणका लागि निष्काशन गरेको २८ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारका लागि कम्पनीलाई नेप्सेले ७४ रुपैयाँदेखि २२२ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा सोमबार स्पेशल प्रिओपन सेसनमा कम्पनीको सेयर कारोबार हुनेछ। कम्पनीलाई नेप्सेले एमईएचएल संकेत प्रदान गरेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्