Shikhar Insurance
National Life

अर्थतन्त्रलाई पुनः नियन्त्रणमा ल्याउन हरसम्भव प्रयास गरिरहेको पाकिस्तानी वाणिज्यमन्त्रीको भनाइ

सिंहदरबार संवाददाता
२०८० आश्विन ७, आईतवार १३:२६
Hyundai
NCELL
NIMB

इस्लामावाद । राष्ट्रिय अर्थतन्त्रलाई नियन्त्रणमा ल्याउन सम्भावित सबै स्रोतसाधनको प्रयोग गरिरहेको जनाएको छ ।
पाकिस्तानका कार्यवाहक वाणिज्यमन्त्री गोहर एजाजले शनिबार आफ्नो देशले दिगो वृद्धि र विकाससँगै राष्ट्रिय अर्थतन्त्रलाई नियन्त्रणमा ल्याउन हरसम्भव उपायहरूको खोजी भइरहेको बताएका हुन् ।

पाकिस्तानले ९० दिनको समयावधिभित्र निर्यातमा विविधता ल्याई बहुमूल्य विदेशी मुद्रा आर्जन गर्न र ८० अर्ब अमेरिकी डलरको निर्यातको लक्ष्य हासिल गर्न उत्पादित वस्तुहरूको निर्यातमा थप वृद्धि गर्न आवश्यक रहेको उनले शुक्रबार बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, “निर्यात वृद्धिले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्छ । सरकार निर्यातको मात्रा बढाउन प्रतिबद्ध छ र यस सम्बन्धमा विभिन्न उपायहरू अपनाइँदैछ ।” पाकिस्तानको निर्यातको ठूलो हिस्सा टेक्सटाइल र कृषि उत्पादनहरू हो । यसले देशको अर्थव्यवस्थाको मेरुदण्डको रूपमा काम गर्छ ।

उद्योगी व्यवसायीलाई निर्यात बढाउन सहयोग पुर्याउन सरकारले विद्युत्मा विशेष अनुदान दिँदै आएको छ भने विद्युत्को आपूर्ति व्यवस्थाका लागि नयाँ नीतिलाई आगामी महिनाहरूमा थप सावधानीका साथ अघि बढाउने बताएको छ ।

मुलुकको विकासमा व्यवसायीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले अवरोध हटाउन र अर्थतन्त्रलाई उकास्न स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि उपयुक्त वातावरण सिर्जना गर्न हरसम्भव प्रयास भइरहेको बताए।

पाकिस्तानी रुपैयाँमा निरन्तर दबाबको बारेमा कुरा गर्दै एजाजले स्थानीय मुद्राले विगत दुई हप्तामा अमेरिकी डलरसँग तुलनामा कारोबारमा सुधार प्राप्त गरिरहेको दावी गरे।

सरकारले हालै कृत्रिम अभाव सिर्जना गरेको भन्दै मुद्रा तस्करहरूविरुद्ध कारबाही सुरु गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्