Shikhar Insurance
National Life

अप्पर लोहोरे खोलाको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

सिंहदरबार संवाददाता
२०८० आश्विन ७, आईतवार १२:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ। आइतबार कम्पनीको ५० लाख ९८ हजार ४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा र कर्मचारीहरुका लागि सहित सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको २४ लाख ९८ हजार ४० कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको २६ लाख कित्ता गरी कुल ५० लाख ९८ हजार ४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ। अर्थात सोमबारदेखि नेप्सेमा कम्पनीको सेयर कारोबार गर्न सकिनेछ।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९७ रुपैयाँ ८७ पैसादेखि २९३ रुपैयाँ ६१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यही रेञ्जका आधारमा सोमबार कम्पनीको सेयर कारोबार खुल्नेछ। नेप्सेले कम्पनीको सेयरलाई यूएलएचसी संकेत प्रदान गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्