काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट वाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ ।
सङ्क्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी भएको थियो । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
भेटमा राष्ट्रपति बाइडेनकी श्रीमती जिल ज्याकोब र प्रधानमन्त्रीकी छोरी गंगा दाहाल पनि सहभागी थिए । राष्ट्रपतिसँग भेट हुँदा प्रधानमन्त्री दाहालले नेपाली पोशाक दौरा सुरुवाल र भादगाउँले टोपी लगाएका थिए।
प्रतिक्रिया दिनुहोस्