Shikhar Insurance
National Life

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक, डेविट कार्डका ग्राहकले तीन काउन्टरबाट टिकट काट्दा १० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० आश्विन ५, शुक्रबार ११:२६
Hyundai
NCELL
NIMB

काठमाडौँ । एनएमबि बैंक र बुद्ध एयरले एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ । सो कार्डले ग्राहकहरुको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्ध एयरले लिएको छ ।

को–ब्रान्डेड डेविट कार्डका ग्राहकहरुले काठमाडौं उपत्यकाभित्र रहेका बुद्ध एयरका तीन काउन्टरहरु, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० प्रतिशत छुट पाउनेछन् । यसको साथै ग्राहकहरुले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशुल्क लान सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एनएमबि बुद्ध भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकहरुलाई शत प्रतिशत भाडा (१०० प्रतिशत क्यासब्याक) फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता हो । नेपालको जुनसुकै कुनामा रहेका एटिएमबाट निःशुल्क नगद झिक्ने सुविधासमेत यस कार्डका प्रयोगकर्ताहरुलाई प्रदान गरिएको बैंकले जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरि २ सय १ शाखा, १ सय ४६ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्