Shikhar Insurance
National Life

सिटिजन्स बैंकका लगानी कर्तालाई दसैं अघि नै नगद लाभांश

सिंहदरबार संवाददाता
२०८० आश्विन ४, बिहीबार २२:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंकका लगानी कर्ताले दसैं अघि नै नगद लाभांश पाउने भएका छन् । बैंकले असोज २६ गते आफ्नो १७ औं वार्षिक साधारण सभा गरि नगद लाभांश दिने निर्णय पारित गर्न लागेको हो ।

बैंकले यसपालि आफ्ना लगानी कर्ताहरुलाई करसहित ५.७९ प्रतिशत नगद लाभांश दिन लागेको छ । सो लाभांश बापत बैंकले ८२ करोड २१ लाख ६१ हजार ६५२.९६ रुपैयाँ(करसहित) वितरण गर्नेछ ।
बैंकले असोज १५ गतेका लागि बुक क्लोजको मिति तोकेको छ । अर्थात असोज १५ गते अघिसम्म कायम सेयर धनीले नगद लाभांश पाउनेछन् ।
बैंकले आगामी आर्थिक बर्षका लागि भने कम्तीमा पनि दुई अङककाे लाभांश दिने योजना बनाएको छ । बैंकले ३ अर्बको ऋण पत्र जारी गर्ने अनुमति प्राप्त गरिसकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा,१४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्