इस्लामावाद । पाकिस्तानमा आगामी जनवरीमा आमनिर्वाचन हुने भएको छ । आगामी जनवरीको अन्तिम सातामा चुनाव गर्ने घोषणा निर्वाचन आयोगले बिहीबार गरेको हो ।
“निर्वाचन क्षेत्रको अन्तिम नामावली नोभेम्बर ३० मा प्रकाशित हुनेछ। त्यसपछि ५४ दिनको निर्वाचन कार्यक्रमपश्चात सन् २०२४ को जनवरीको अन्तिम साता निर्वाचन हुनेछ,” आयोगले केहीबेरअघि सार्वजनिक गरको विज्ञप्तिमा भनिएको छ। एएफपी
प्रतिक्रिया दिनुहोस्