Skip to content
Shikhar Insurance
National Life

‘यामाहा राइड टु मोटोजीपी’ टोली बुद्ध सर्किट भारततर्फ प्रस्थान

Hyundai
NCELL
NIMB

काठमाडौं । नौजना यामाहा प्रशंसक र उत्साही बाइकरहरू साहसिक अनुभवका लागि पहिलो मोटोजीपी इन्डियाको रोमाञ्चक दृश्यावलोकन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । सव् इभेन्ट २४ सेप्टेम्बर, २०२३ मा बुद्ध सर्किट, नोएडामा हुने तय गरिएको छ । राइडर्स टोलीले २३ र २४ सेप्टेम्बरमा रेसको अनुभव लिनेछ भने २७ सेप्टेम्बर २०२३ मा उही बाटो भएर काठमाडौं फर्किनेछ।

यामाहाले नेपालमा रेसिङ संस्कृतिको परिचय गराई यसको विकास र प्रवर्द्धन गर्न निरन्तर रूपमा काम गरिरहेको छ । आफ्नो उद्देश्य अनुरूप नै यामाहाले रेसिङ स्पोट्र्सलाई प्रतिबिम्बित गर्ने धेरै इभेन्टहरूसँग आफ्नो आबद्धता कायम राख्दै यसको प्रवर्द्धनसमेत गरेको छ।

यस रफ्तारलाई अगाडि बढाउँदै यामाहा नेपालले यामाहा मालिकहरूलाई दर्ता गर्न र मोटोजिपी प्रत्यक्ष अवलोकन गरि जीवनभरका लागि अविष्मरणीय अनुभव प्राप्त गर्नका लागि आव्हान गरेको थियो। यस कार्यक्रमले यामाहा मोटरसाइकलको पराक्रम मात्र देखाउँदैन बरू खुल्ला सडकमा ब्रान्डप्रतिको माया अभिव्यक्त गर्ने राइडरहरूको जोशलाई उत्सवका रूपमा पनि मनाउँछ ।

छानिएका राइडरहरूमा संग्राम पुडासैनी, सुरेश जीसी, माइकल थापा, रुपेश पण्डित, राजकुमार कुशवाहा, अर्जित महर्जन, राजकुमार कार्की र तारा खड्का छन् भने मार्सलका रूपमा प्रमोद श्रेष्ठ रहेको एमएडब्लू इन्टरप्राइजेज, टु-ह्विलर डिभिजनका सीईओ राजु क्षेत्रीले बताए ।

मोटोजिपी केही दक्ष राइडर र अत्याधुनिक मेसिनहरू सहितको संसारकै सबैभन्दा प्रतिष्ठित मोटरसाइकल रेसिङ च्याम्पियनसिपमध्ये एक हो । रेसिङको दुनियाँमा आफ्नो गौरवशाली इतिहास बोकेको यामाहा यो रोमाञ्चक खेलको सधैं अग्रभागमा रहँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्