काठमाडौं । धितोपत्र बोर्डले सिटिजन्स बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बोन्ड) जारी गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई प्रतिएकाइ १ हजार रुपैयाँ दरका ३० लाख एकाइ ऋणपत्र जारी गर्न अनुमति दिएको हो ।
बैंकले ३० लाख एकाइ ऋणपत्रमध्ये १२ लाख एकाइ सर्वसाधारणमा बिक्री गरिने जनाएको छ भने बाँकी १८ लाख एकाइ भने बैंकले आफ्नै कर्मचारीका लागि सुरक्षित गरेको छ ।
१० वर्षका लागि जारी ऋणपत्रमा १० प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । कम्पनीको ऋणपत्र बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहनेछ ।
प्रतिक्रिया दिनुहोस्