Shikhar Insurance
National Life

एडीबीको प्रक्षेपण आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने

सिंहदरबार संवाददाता
२०८० आश्विन ३, बुधबार १६:१८
Hyundai
NCELL
NIMB

काठमाडौं ।  नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने एसियाली विकास बैंकले  प्रक्षेपण गरेको छ । एडीबीले ‘एसियन डेभलपमेन्ट आउटलुक २०२३’ को रिपोर्ट सार्वजनिक गर्दै यो प्रक्षेपण गरेको हो । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत रहेको थियो ।

एडीबीले सेवा क्षेत्र, रियल इस्टेट गतिविधि बढ्ने अपेक्षा  गरेको छ। तर, सरकारले भने ६ प्रतिशतको आर्थिक वृद्धिको लक्षयसहित बजेट ल्याएको थियो । गत आर्थिक वर्षमा ७.७ प्रतिशत रहेको मुद्रास्फीति चालू आर्थिक वर्षमा भने केही नियन्त्रण भई ६.२ प्रतिशत हुने एसियाली विकास बैंकले अनुमान गरेको छ । अघिल्लाे  वर्षमा ७ प्रतिशतभित्र मुद्रास्फीति कायम राख्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा बढी मुद्रास्फीति पुगेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकारले चालू आर्थिक वर्षमा मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम गर्ने लक्ष्य लिएकोमा नेपाल राष्ट्र बैंकले पनि सोहीअनुसार मौद्रिक नीति तर्जुमा गरेको छ ।

एडीबीले बुधबार राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा सरकारको चालु खाता भने गत वर्षको तुलनामा केही बढ्ने प्रक्षेपण सार्वजनिक गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्