काठमाडाैं । बुधबार नेपाली बजारमा सुन प्रतितोला २ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय ५रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्