काठमाडौं । सरकारले आज बुधबारबाट काठमाडौं उपत्यकामा द्रुत बस सेवा सुरु गरेको छ । संविधान दिवसको अवसर पारेर आज काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् ।
द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क चल्नेछ । द्रुत बस सेवा आज उद्घाटन भए पनि सर्वसाधारण यात्रुको लागि भने बिहीबारबाट मात्रै सञ्चालनमा आउनेछ ।
उद्घाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, वागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहलगायतले यात्रा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्