Skip to content
Shikhar Insurance
National Life

तस्बिरमा हेर्नुस् भिभान्ताले प्रस्तुत गरेको नयाँ मेन्यु र स्वाद !

Hyundai
NCELL
NIMB

काठमाडौं । होटल ‘भिभान्ता काठमाडौं’ले आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तता दिएको छ । भिभान्ताले आफ्ना ग्राहकको प्रिय मिन्ट रेस्टुरेन्टमा नयाँ मेन्युमार्फत् नयाँ स्वाद पस्किएको हो ।

कोरोना महामारीमाबाट ग्रसित आतिथ्य क्षेत्र पुरानो लयमा फर्कंदै छ । यस्तो परिवेशमा होटलले स्वाद ग्रन्थिलाई मिल्दो र आनन्दित बनाउने विश्वभरको मसला र स्वादले भरिएको मेन्यु प्रस्तुत गरेको हो ।

मेन्यु सुगन्धित र स्वादपूर्ण इन्डियन तथा कन्टिनेन्टल व्यञ्जनले भरिएको छ । होटलका सेफ हसमोइन पेटल र टिमको वर्षौंको अनुभव मिन्टमा उपलब्ध यो मेन्युमा पाउन सकिन्छ । साथीभाइ तथा परिवारसँगको जमघट मिन्टमा गर्न उत्तम हुन्छ ।

भिभान्ताको लब्बिमा अवस्थित मिन्ट रेस्टुरेन्ट क्यासुअल भेटका लागि उत्तम मानिन्छ ।

मिन्टको नयाँ मेन्यु इटलीको ट्रेटोरियाबाट प्रेरित हो । यसले बोल्ड क्लासिक स्वाद र आरमदायी खाना केन्द्रित गर्छ । मेन्युमा मेडिटेरेनियन, क्लासिक अमेरिकानो, इन्डियन सब–कन्टिनेन्ट र स्थानीय नेपाली स्वादको व्यञ्जन समावेश छ ।

होटलका एक्जुकेटिभ सेफ पटेल भन्छन्, “मिन्टको मेन्युमा मेरो प्रिय क्याफे व्यञ्जन समावेश छ । हाम्रो अवधारणा क्युजिनको असंख्य विकल्पबाट स्वादिलो डाइनिङ अनुभव दिनु हो ।” होटलका फुड एन्ड बेभरेज म्यानेजर इसाकीकुमार कोनारका अनुसार अतिथिलाई विश्वभरको फ्लेभर भरिपूर्ण युरोपेली बिस्ट्रोमार्फत् आनन्दित डाइनिङ अनुभव दिने भिभान्ताको योजना छ ।

भिभान्ताले स्विर्ल नामको बेकरी सेन्टर पनि चाँडै रिलन्च गर्ने योजना बनाएको छ । यस्तै अल्फ्रेस्को नामको बारलाई नेपाली अवतार दिने योजना छ । ‘नुन एन्ड मरिच’ नाम दिएर त्यहाँ नेपाली खाना नेपाली शैलीमा प्रस्तुत गरिनेछ । स्थानीय उत्पादन प्रयोग गरी तयार पानी स्थानीय स्वादको खाना पाइने नुन एन्ड मरिच अप्रिल २४ तारिखमा लन्च हुनेछ ।

यस्तै अकारी र कोको नामक रुफटप बारको नयाँ मेन्यु अप्रिल १७ मा लन्च हुनेछ ।

 

यस्तो छ मिन्टको मेन्युः

 

तस्बिरमा हेरौं मिन्टको स्वाद र भिभान्ताको सुन्दरताः

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

GBIME

प्रतिक्रिया दिनुहोस्