Shikhar Insurance
National Life

मंगलबार नेप्से १६.२४ अंकले बढ्याे, १ अर्ब १७ करोडकाे काराेबार

सिंहदरबार संवाददाता
२०८० आश्विन २, मंगलवार १५:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार दोहोरो अंकले बढेको छ । आजको कारोबारपछि परिसूचक १६ दशमलव २४ अंकले बढेर १ हजार ९८५ दशमलव ४३ अंकमा कायम भएको हो ।

नेप्सेका अनुसार विभिन्न कम्पनीका २७२ कम्पनीको ४३ लाख ३६ हजार पाँच सय ८३ कित्ता सेयर ५० हजार दुई सय ९६ पटक खरिद बिक्री हुँदा १ अर्ब १७ करोड ६६ लाख ८० हजार ७ सय ५७ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

होटल तथा पर्यटन र व्यापार समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । होटल समूहको उपसूचक शून्य दशमलव ९ र व्यापार समूह शून्य दशमलव ९३ प्रतिशतले घटेको छ ।

सबैभन्दा धेरै जलविद्युत् समूहको उपसूचक तीन दशमलव २१ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ३२ प्रतिशत, विकास बैंक एक दशमलव ४८, वित्त एक दशमलव ९५ र लगानी समूहको उपसूचक शून्य दशमलव ७८ प्रतिशतले बढेको छ ।

त्यस्तै, जीवन बिमा शून्य दशमलव ३७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७४, लघुवित्त शून्य दशमलव ५१, म्युचुअल फन्ड शून्य दशमलव ११, निर्जीवन बिमा शून्य दशमलव ७६ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले बढेको छ ।

शुभम् पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ । शेयर मूल्य धेरै घट्ने कम्पनीमा इमर्जिङ नेपाल लिमिटेड छ । कम्पनीको शेयर मूल्य आठ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोकार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको १० करोड ६४ लाख ४३ हजार ६ सय ९१ बराबरको दुई लाख २० हजार ५६ कित्ता सेयर किनबेच भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्