Skip to content
Shikhar Insurance
National Life

सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत,ओपनिङ्ग रेञ्ज कति?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर सूचीकृत भएको छ। मंगलबार नेप्सेमा इन्स्योरेन्सको ३ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारीसहित सर्वसाधारणका लागि बिक्री गरेको ९६ लाख कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको २ करोड २४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबार गर्न सकिनेछ। अर्थात इन्स्योरेन्सको सेयर असोज ४ गते बिहीबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात दोस्रो बजारमा कारोबार गर्न सकिनेछ। इन्स्योरेन्सको आरटिएस सेवा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबाट हुनेछ।

पहिलो कारोबारका लागि इन्स्योरेन्सलाई नेप्सेले १५८ रुपैयाँ ४१ पैसादेखि ४७५ रुपैयाँ २३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यसै रेञ्जका आधारमा इन्स्योरेन्सको पहिलो कारोबार हुनेछ। नेप्सेले इन्स्योरेन्सलाई एसएनएलआई स्टक टिकर प्रदान गरेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्