Skip to content
Shikhar Insurance
National Life

हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट, १० आवेदकले पाए २१ कित्ता सेयर

Hyundai
NCELL
NIMB

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। मंगलबार कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २४ लाख २७ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको थियो। कम्पनीको उक्त आईपीओमा कुल १२ लाख ७० हजार ९९१ आवेदन परेको थियो। सोमध्ये १२ लाख ६७ हजार ७०९ आवेदन स्वीकृत भएको छ भने ३ हजार २८२ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। यस अनुसार १ लाख २१ हजार ३८७ आवेदकले २० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। सोमध्ये १० आवेदकले थप एक कित्ता अर्थात कुल २१ कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ्गबाट सञ्चालित वेबसाइटबाट केही समयपश्चात हेर्न सकिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्