Skip to content
Shikhar Insurance
National Life

गभर्नरलाई भेटेर सांसद हरि ढकालले भनेः सेयर बजार प्यानिक भयो, १२ करोडको सिमा पुनरावलोकन होस्

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाल राष्ट्र बैंकका गभर्नरलाई भेटेर समग्र अर्थतन्त्र र पुँजी बजारमा देखा परेका समस्याहरुका बारेमा छलफल गरेका छन् । सोमबार राष्ट्र बैंक केन्द्रिय कार्यालय बालुवाटारमै पुगेर सांसद ढकालसहितको टिमले गभर्नरसहित राष्ट्र बैंक उच्च व्यवस्थापनसँग भेट गरि अर्थतन्त्र र पुँजी बजार वर्तमान अवस्था तथा समाधानका उपायबारे छलफल गरेको हो ।

सांसद ढकालले अहिले निजी क्षेत्रको मनोबल कमजोर भएकाले त्यस्तो मनोबल उकास्न राष्ट्र बैंकले थप सकारात्मक भूमिका खेल्नुपर्ने धारणा राखेका थिए । उनले निरन्तर वृद्धि भैरहेको ब्याजदरले पनि अर्थतन्त्रमा थप निरासा उत्पन्न गराएको ढकालले बताएका थिए । उनले ५० लाख भन्दा बढी लगानीकर्ता रहेको पुँजी बजारलाई सकारात्मक दिशामा लैजान १२ करोडको सिमा पुनरावलोकन हुनुपर्नेमा जोड दिएका थिए ।

भेटमा सहभागी एक अधिकारीले भने–‘माननीयज्यूले समग्र अर्थतन्त्रलाई चलायमान बनाउने बारे गम्भिर चासो राख्नु भयो, त्यस बाहेक पुँजी बजारको १२ करोडको सिमा पुनरावलोकनको बिषय पनि महत्वका साथ उठाउनु भयो ।’
भेटमा गभर्नर अधिकारीले समग्र अर्थतन्त्रको सुधार र वित्तिय स्थायीत्वका लागि राष्ट्र बैंकले पुरै कोशिस गरिरहेको बताएका थिए ।

भेटमा गभर्नर अधिकारी, डेपुटी गभर्नर बम बहादुर मिश्र, कार्यकारी निर्देशकद्धय देव कुमार ढकाल र डा. गुणाकर भट्ट सहभागी थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्