Skip to content
Shikhar Insurance
National Life

टिपटप मिठाई पसललाई दुई लाख जरिवाना

Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाले टिपटप मिठाई पसललाई २ लाख जरिवाना गरेको छ। बजार अनुगमनका क्रममा काठमाडौं महानगरपालिका वडा नं. १७ मा सञ्चालित उक्त मिठाई पसलले अखाद्य वस्तु बेचेको पाइएपछि २ लाख जरिवाना गरिएको काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

दीपकराज थपलियाले सञ्चालन गरेको उक्त मिठाई पसलले उत्पादन गरेको सामान बिग्रिएको पाइएपछि जरिवाना गरेको प्रहरी प्रमुख पाण्डेले बताए। महानगरपालिकाले पसलमा अखाद्य वस्तु नराख्न, कर्मचारीको बोलिबचन सुधार गर्न, दूधजन्य वस्तुको तापक्रम कायम राख्न आदेश समेत दिएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्