Shikhar Insurance
National Life

असोज महिनाका लागि ६ वटा बैंकले घटाए ब्याजदर, कुनले कति ?

सिंहदरबार संवाददाता
२०८० भाद्र ३१, आईतवार १६:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नेपाल बैंकर्स संघले बैंकहरुलाई अफुखुसी ब्याजदर बढाउन वा घटाउनका लागि स्वतन्त्रता दिएसँगै बैंकहरुले आ–आफ्नो ब्याजदर सार्वजनिक गर्दै आएका छन् ।

असोज १ गतेदेखि लागु हुने गरी २१ वटा वाणिज्य बैंकहरु मध्ये १७ वटाले नयाँ ब्याजदर प्रकाशित गरेका हुन् । जसमध्ये ६ वटा बैंकहरुले असोज महिनाका लागि ब्याजदर घटाएर सुचना प्रकाशित गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

असोज महिनाका लागि ब्याजदर घटाउनेमा ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र नेपाल बैंक छन् । यी बैंकहरुले भदौ महिनाको तुलनामा असोज महिनाका लागि केही प्रतिशत ब्याजदर घटाउदै नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

असोज महिनाका लागि ब्याजदर घटाउने बैंकहरु मध्ये नेपाल बैंकले सबैभन्दा बढी १.६०३ प्रतिशत ब्याज घटाएको हो।

भदौको तुलनामा नेपाल बैंकले १.६०३ प्रतिशतले ब्याजदर घटाएको छ । असोजमा बैंकले मुद्दती निक्षेपको व्यक्तिगततर्फ ९.२९३ प्रतिशत र संस्थागततर्फ ७.२९३ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । भदै महिनामा बैंकले मुद्दती निक्षेपको व्यक्तिगततर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याज दिएको थियो ।

यस्तै, सिटिजन बैंकले पनि भदौ महिनको तुलनामा ०.८४६ प्रतिशतले ब्याजदर घटाएको छ । बैंकले असोजमा व्यक्तिगत तर्फ १०.०५ प्रतिशत र संस्थागततर्फ ८.०५ प्रतिशत ब्याजदर कायम गरेको छ। भदौ महिनामा बैंकले व्यक्तिगत तर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याज दिएको थियो ।

यस्तै, कुमारी बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ १०.११ प्रतिशत र संस्थागत तर्फ ८.११ प्रतिशत प्रतिशत ब्याजदर कायम गरेको छ । जुन भदौ महिनाको तुलनामा ०.७८६ प्रतिशत कम हो । भदौ महिनामा बैंकले व्यक्तिगत तर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याज दिएको थियो ।

त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर तोकेको छ । यो भदौ महिनाको तुलनामा ०.४९ प्रतिशत कम हो । बैंकले भदौ महिनाका लागि व्यक्तिगत तर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशतर ब्याज दिएको थियो ।

लक्ष्मी सनराइजले पनि नयाँ ब्याजदर सार्वजनिक गर्दै असोज महिनाका लागि ब्याजदर तोकेको छ । बैंकले भदौ महिनाको तुलनामा केही प्रतिशत ब्याजदर कम गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । भदौ महिनामा बैंकले व्यक्तिगततर्फ १०.४ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर दिएको थियो ।

त्यसैगरी, ग्लोबल आइएमई बैंकले पनि भदौ महिनाको तुलनामा ०.३९६ प्रतिशतले ब्याजदर घटाएको छ। बैंकले असोज महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ १०.५ प्रतिशत र संस्थागततर्फ ८.५ प्रतिशत ब्याज दिने भएको हो । बैंकले भदौ महिनामा मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ १०.८९६ र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याजदर दिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्