Skip to content
Shikhar Insurance
National Life

उच्च अंकले घटेको बजारमा शुभम् पावरको सेयरमा सकारात्मक सर्किट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार उच्च अंकले घटेर बन्द भएको छ । यसदिन बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कुनै बैंकले ब्याजदर बढाएका छन्, कुनैले घटाएको छन् भने, कुनै बैंकले ब्याजदन स्थिर राखेका छन् । यसैको प्रभाव यस दिन सेयर बजारमा परेको हो।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४२.१४ अंक घटेर १,९६४.९१ को विन्दुुमा बन्द भएको हो । त्यसैगरी ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ८.१२ अंक घटेर ३७८.६८ को विन्दुमा बन्द भएको छ ।

दिनभरीमा २७८ कम्पनीको ५६ लाख ५९ हजार ४५८ कित्ता सेयर २ अर्ब २ करोड ८४ लाख ६५ हजार रुपैयाँमा खरिदबिक्री भए । कारोबारमा आएको ११ कम्पनीको सेयर मूल्य बढेको छ । २१३ कम्पनीको घटेको छ । ३ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्से परिसूचक उच्च अंकले घटेपनि शुभम् पावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयर प्रतिकित्ता ८९ रुपैयाँ ६० पैसाले बढेर प्रतिसेयर ३३७ रुपैयाँ ७० पैसा पुगेको हो ।

त्यस्तै, थ्रिस्टार हाइड्रोपावर कम्पनीको ७.८९ प्रतिशत, बुद्ध भुमि नेपाल हाइड्रोपावरको ५.४४ प्रतिशत र यूनिक नेपाल लघुवित्तको ४.०८ प्रतिशत सेयर मूल्य बढेको हो । कारोबारमा आएको मोलुङ हाइड्रोपार कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ९.२१ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ। बैंकको २७ करोड ५४ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २४ करोड ५२ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.३३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्