काठमाडौं । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण ब्रान्ड सीजी ब्रान्डले दशैं र तिहारको अवसरमा चाडपर्व योजना ल्याएको छ । “सीजीले घर सजाऔं खुसीले चाड मनाऔं “शीर्षकको योजनाले स्मार्ट घरेलु उपकरणहरुको खरिदमा आफ्ना ग्राहकहरूलाई आकर्षक उपहारहरु दिनेछ ।
सीजीको स्मार्ट घरेलु उपकरणहरु खरिद गर्दा ग्राहकहरूले आकर्षक साप्ताहिक पुरस्कारहरू जित्ने मौकाका साथै बम्पर पुरस्कारका रूपमा २ जनाले दुबईको विशेष यात्रा जित्न सक्नेछन् । यो पर्व सीजी ब्रान्डको कुकिङ सिरिज, किचेन सिरिज, समर सिरिज र विन्टर सिरिजको उत्पादनहरुमा लागू हुनेछ । सीमित समयका लागि दिइएको यस योजना यही भदौ २५ गतेदेखि नेपाल अधिराज्यभर लागू गरिएको छ ।
यस योजनाका अन्य आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, शूल्य प्रतिशतमा नो कष्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यले ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउनु सक्नु हुनेछन् । यो योजनाका आकर्षणहरु र थप जानकारीका लागि क्यूआर कोड स्क्यान गर्नुहोस् ।
यो योजनामा उल्लेखित अफरहरु नेपालभरका सबै सीजी ब्रान्डका आधिकारिक डिलरहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ । यो योजना सबै सीजी स्मार्ट घरेलु उपकरणहरू जस्तै राइस कुकर, ग्रिल, एयर फ्राइर, टोस्टर, प्यान, ग्यास चुलो, वाटर फिल्टर, मिक्सर ग्राइन्डर, वाटर हिटर, वाटर डिस्पेन्सर, हिटर, फ्यान र अन्य घरेलु उपकरणहरूमा उपलब्ध हुनेछ थप जानकारी प्राप्त गर्नका लागि ग्राहकहरूले सीजी ब्राण्डको आधिकारिक वेबसाइट र यसका सामाजिक सञ्जालहरूमा जान सकिने कम्पनीले जनाएको छ ।
हाल, सीजी ब्राण्डका नेपालभर आफ्नै शोरुमहरूमार्फत उत्कृष्ट उत्पादन र सेवा दिँदै आाएको छ साथै भविष्यमा देशको हरेक कुनासम्म पुग्ने लक्ष्य पनि लिएको छ । नजिकै कुनै शोरूमहरू उपलब्ध नभए पनि आफ्नै इ–कमर्स प्लेटफर्मले सुसज्जित सीजी ब्राण्डका उत्पादन तथा सेवाहरू, जहाँबाट पनि लिन सकिने कम्पनीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्