Shikhar Insurance
National Life

वाणिज्य बैंकहरूले सार्वजनिक गरे असोज महिनाका लागि नयाँ ब्याजदर, कुनको कति ?

सिंहदरबार संवाददाता
२०८० भाद्र ३१, आईतवार १२:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक नयाँ ब्याजदर अनुसार कुनै बैंकहरूले ब्याजदर बढाएका छन् भने कुनै बैंकहरूले घटाएका छन्। केही बैंकले भने ब्याजदर परिवर्तन गरेका छैनन् ।

असोज १ गतेदेखि लागू हुने गरी हालसम्म १७ वाणिज्यक बैंकहरूले ब्याजदर प्रकाशित गरेका छन् । सोमध्ये ७ बैंकले भदौ महिनाको तुलनामा ब्याजदर बढाएका छन् भने ६ बैंकले घटाएका छन्। बाँकी ४ बैंकले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

असोज महिनाका लागि हिमालयन बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टेमन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल एसबीआई बैंकले ब्याजदर बढाएका छन्।

हिमालयन बैंकले असोजका लागि सबैभन्दा बढी १.०६४ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ । असोजमा बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ ।

भदौको तुलनामा एभरेष्ट बैंकले पनि १.०५४ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ। असोजका लागि बैंकले व्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याज प्रदान गर्ने भएको हो ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १.०४ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ ११.०३ प्रतिशत र संस्थागततर्फ ९.०३ प्रतिशत ब्याज दिने भएको हो ।

असोज महिनाका लागि प्राइम बैंकले कमर्सियल बैंकले ०.८५८ प्रतिशतले ब्याजदर बढाएको छ। बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११.३५८ प्रतिशत र व्यक्तिगततर्फ ९.३५८ प्रतिशत ब्याज प्रदान गर्ने भएको हो ।

यता, नबिल बैंकले पनि भदौको तुलनामा ०.५६४ प्रतिशतले ब्याजदर बढाएको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याज दिने भएको हो ।

यस्तै, नेपाल एसबिआईले पनि भदौ महिनाको तुलनामा ०.०१ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ। भने स्ट्याण्डर्ड चार्टर्ड बैंक मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ९.२९ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ ।

असोज महिनाका लागि ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन् । जसमध्ये नेपाल बैंकले सबैभन्दा बढी १.६०३ प्रतिशत ब्याज घटाएको हो।

भदौको तुलनामा नेपाल बैंकले १.६०३ प्रतिशतले ब्याजदर घटाएको छ । असोजमा बैंकले मुद्दती निक्षेपको व्यक्तिगततर्फ ९.२९३ प्रतिशत र संस्थागततर्फ ७.२९३ प्रतिशत ब्याज प्रदान गर्ने भएको हो ।

यस्तै, सिटिजन बैंकले पनि असोजमा व्यक्तिगत तर्फ १०.०५ प्रतिशत र संस्थागततर्फ ८.०५ प्रतिशत ब्याजदर कायम गरेको छ। जुन, भदौ महिनको तुलनामा ०.८४६ प्रतिशतले घटेको हो ।

यस्तै, कुमारी बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ १०.११ प्रतिशत र संस्थागत तर्फ ८.११ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत तर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत र लक्ष्मी सनराइजले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ ।

यता, ग्लोबल आइएमई बैंकले ०.३९६ प्रतिशतले ब्याजदर घटाएको छ। बैंकले असोज महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ १०.५ प्रतिशत र संस्थागततर्फ ८.५ प्रतिशत ब्याज दिने भएको हो ।

प्रभु बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् अर्थात् यी ४ बैंकहरुले ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।

असोजमा प्रभुले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर कायम गरेको छ। त्यस्तै, एनएमबीले व्यक्तिगततर्फ ९.९९ प्रशित र संस्थागततर्फ ७.९९ प्रतिशत, माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.४९ प्रतिशत र सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्