Shikhar Insurance
National Life

नेपालको अर्थतन्त्रमा संकटको कालो बादल मडारिरहेको छः हेमराज ढकाल

सिंहदरबार संवाददाता
२०८० भाद्र ३१, आईतवार ११:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले नेपालको अर्थतन्त्र अझैपनि समस्या मुक्त भइनसकेको बताएका छन् । परिसंघले आयोजना गरेको प्रेसिडेन्ट्स ब्यांक्वेट कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले बाह्यक्षेत्र केही सुधारोन्मुख देखिएको भएतापनि आन्तरिक अवस्थामा संकटको कालो बादल मडारिइरहेको बताएका हुन् ।

‘बजार चलायमान हुन सकेको छैन, उद्योगी व्यवसायीको मनोबल अझै उच्च हुन सकेको छैन । लगानी योग्य रकम हुँदाहुँदै पनि लगानी प्रबर्द्धन हुन सकेको छैन । भएका कतिपय उद्योगहरु बन्द गर्नुपर्ने अवस्थाबाट गुज्रिरहेका छन भने व्यवसायका सटरहरु बन्द हुने क्रम बढ्दो छ ।’, उपाध्यक्ष ढकालले भने । उनले यस्तो विषम् परिस्थितिबाट निकासका लागि अर्थतन्त्रको विकास, बिस्तार र सबलीकरण नै आजको प्रमुख आवश्यकता भएको पनि बताए । आर्थिक रुपान्तरणका मुद्दाहरुमा सरकार, प्रतिपक्षी दलहरु, राजनितिक दलहरु, नियामकीय निकाय, निजीक्षेत्र लगायतका सरोकारवाला सबै पक्षहरुबीच समस्याको बोध एवं समाधानका लागि सहकार्यको आवश्यकता पनि उनले औंल्याए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘आर्थिक रुपान्तरणलाई नै सबैको साझा एजेण्डा बनाउन आवश्यक छ ।आपसी सहकार्यबाट मात्र अर्थतन्त्रमा देखिएका विद्यमान समस्याहरु समाधान गर्दै शीघ्र आर्थिक पुनरोत्थानको बाटोमा हामी अघि बढ्न सक्छौ भन्ने विश्वास हामीले लिएका छौं ।’, ढकालले भने ।

उनले लगानी प्रबर्द्धन, रोजगारी सिर्जना, स्वदेशी उत्पादन एवम् उपभोगमा वृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यात प्रबर्द्धनको माध्यमबाट आत्मनिर्भर अर्थतन्त्र निर्माण तर्फ सबै अग्रसर हुनुपर्नेमा जोड दिए ।

‘तत्काल कानुनी र नीतिगत सुधारको पहलको आवश्यकता छ । सोही आवश्कता महसुश गर्दै विद्यमान केही ऐन ( कानुनहरु संशोधन गर्नुपर्ने, खारेज गर्नुपर्ने तथा नयाँ कानून समेत बनाइनुपर्ने कुरामा परिसंघले सदैव जोड दिदैँ आएको छ र कानुनी तथा नीतिगत सुधारका लागि सरकारलाई तथ्यपरक सुझावहरु दिँदै अएको छ ।’, ढकालले भने ।

उनले कानुनी जटिलताहरु फुकाउँदै समृद्धिको यात्रामा अघि बढ्नुको विकल्प नभएको पनि स्पष्ट पारे । ‘विद्यमान ऐन तथा कानुनमा रहेका नीतिगत एवम् प्रक्रियागत जटिलताहरुको सहजीकरण हुनेछ । उद्योग तथा व्यवसायमैत्री निति नियमहरु तर्जुमा हुनेछन् तथा नेपाली अर्थतन्त्रले पछिल्लो पुस्ता(नेक्स्ट जेनेरेशन)को आर्थिक सुधारको बाटो तय गर्नेछ भन्ने विश्वास हामीले लिएका छौं ।’, ढकालले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्